अन्तरिक्षमा पहिलो पटक बिस्कुट बनाउने तयारी, विशेष प्रकारको चुल्हो अन्तरिक्षमा जाँदै

वैज्ञानिकले अन्तरिक्षमा पहिलो पटक बिस्कुट बनाउने तयारी गरेका छन्। यसका लागि एउटा विशेष प्रकारको चुल्हो अन्तरिक्षमा पठाइएको छ। अन्तरिक्षयात्रीले अहिलेसम्म पृथ्वीमा नै पकाएको खाना लिएर जाने गरेका थिए।
सन् २०१९ भित्र नै अन्तरिक्षमा बिस्कुट बनाउने तयारी रहेको नासाका पूर्वअन्तरिक्षयात्री माइक म्यासिमिनोले जानकारी दिएका हुन्। शून्य गुरुत्व भएको अन्तरिक्षमा खानेकुरा पकाउने काम कस्तो हुन्छ भन्ने अनुभव लिन रोमाञ्चक हुने उनले बताए।
अन्तरिक्षमा पृथ्वीको जस्तो वातावरण नभएकाले त्यहाँ कृतिम वातावरण बनाउनुपर्नेछ। अतरिक्षमा प्रयोग गरिने चुल्होलाई शून्य गुरुत्वमा प्रयोग गर्न मिल्ने गरि विशेष तरिकाले बनाएको वैज्ञानिकको दाबी छ। यो विशेष चुलोलाई दुई कम्पनी ‘जीरो जी किचेन’ र ‘डबलट्री ब्वाय हिल्टन’ले मिलर बनाएका हुन्।
स्पेस ओभन एउटा बेलनाकार कन्टेनर हो। जसले अन्तरिक्ष स्टेनको माइक्रोग्रेविटीमा खाने वस्तुलाई सेक्न उपयुक्त हुने तरिकाले बनाइएको बताइएको छ। इतिहासमै पहिलो पटक अन्तरिक्ष यात्री स्पेस स्टेशनमा सेवन गर्न सकिने बिस्कुट बन्ने म्यासिमेनोले बताए। उनका अनुसार स्पेश स्टेनशनमा बनेको बिस्कुटले घरको स्मरण गराउने छ। अन्तरिक्षमा फ्रेस बिस्कुट बनाउँदा ठूलो परिवर्तन आउन सक्ने पनि उनी बताउँछन्।
उनका अनुसार यो खोजले अन्तरिक्ष यात्रीलाई आनन्दित मात्रै बनाउँदै विज्ञानिक प्रयोगका लागि पनि विशेष हुनेछ। अहिले सम्म माइक्रोग्राभिटीमा खाना कसरी पाक्छ, यसको आकार र यसको स्वाद कस्तो हुन्छ भन्ने थाहा छैन। – एजेन्सी