नरिवल पानीका ५ फाइदा

ए वान डेस्क
२१ असार २०७६, शनिबार १२:१९

स्वास्थ्यका लागि लाभकारी छ, नरिवल पानी। काँचो नरिवलको पानीमा प्रशस्त मात्रामा भिटामिन, एन्टी–अक्सिडेन्ट, बी कम्प्लेक्स आदि पाइन्छ।

–नरिवल पानीले वजन घटाउन मद्दत गर्छ। यसमा क्यालोरी एकदमै न्यून हुन्छ।

–काँचो नरिवलको पानीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यसमा एन्टी–ब्याक्टेरियल र एन्टी–भाइरल गुण हुन्छन्। जसले शरीरको रोग प्रतिरोधी क्षमता बढाउँछ। साथै, विभिन्न संक्रमणबाट जोगाउँछ।

–उच्च रक्तचाप भएकाहरूका लागि पनि नरिवल पानी लाभदायी छ। यसले रक्तचापलाई सामान्य राख्न मद्दत गर्छ। यसमा पाइने भिटामिन सी, म्याग्नेसियम र पोटासियमले उच्च रक्तचापलाई कम गर्न सहयोग गर्छ।

–स्वास्थ्यका लागि मात्र नभई सुन्दर छालाका लागि पनि लाभकारी छ, नरिवल पानी।

–नरिवल पानीमा पाइने पोटासियम, म्याग्नेसियम लगायतले मिर्गौलासम्बन्धी समस्यामा राहत दिन्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*