‘छ माया छपक्कै’ लाई रिलिज डेट तोक्नै हम्मे !

ए वान डेस्क
१९ श्रावण २०७६, आईतवार १२:२४

यस वर्षको प्रतीक्षित फिल्म ‘छ माया छपक्कै’ दशैँमा रिलिज हुने घोषणा त निर्माण टिमले फ्लोरमा जानुअघि नै गरेको थियो । दशैँ भने पनि फिल्म कुन मितिमा रिलिज हुने भनेर मिति तोकिएको थिएन । केही दिनअघि फिल्म असोज १० गते प्रदर्शनमा आउने भनेर चर्चा चल्यो ।

यतिबेला भने यो फिल्म भदौ २७ मै रिलिज हुने चर्चा छ । यो भनेको विजयादशमीको दिनभन्दा झण्डै १ महिनाअघि हो । चलचित्र भदौ २७ गते रिलिज हुने चर्चा चलिरहँदा यता फिल्म निर्माता रोहित अधिकारीले भने फिल्मका चारवटा मितिमध्ये एक मितिमा फिल्म रिलिज हुने जनाएका छन् ।

‘भदौ २७, असोज ३, असोज १० र असोज १७ मध्ये एक,’ निर्माता अधिकारीले फेसबूकमा उल्लेख गरेका छन् ।

दशैँको अवसर पारेर पहिले दुई चलचित्र ‘रातो टीका निधारमा’ र ‘छ माया छपक्कै’ रिलिज हुने चर्चा थियो । अब ‘कबड्डी ३’ असोज ३ मा रिलिज हुने भएको छ । यस्तै बलिउडका दुई प्रतीक्षित चलचित्र ‘वार’ र प्रभासको ‘साहो’ पनि रिलिज हुँदैछन् । जसकारण दशैँमै रिलिज हुने भनेर पहिले नै घोषणा गरिएको फिल्म पनि कहिले रिलिज हुने गर्ने भनेर निर्माण टिमले मिति तय गर्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*