सिमरा बिमानस्थलमा काग्रेस सभापति देउवाको स्वागत
ए वान डेस्क /
नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालाई आज सिमरा बिमानस्थलमा स्वागत गरिएको छ । मकवानपुरमा हेटौडामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागि हुन आईपुग्नुभएका देउवालाई सिमरा बिमानस्थलमा स्वागत गरिएको हो ।
देउवाको साथमा पत्नि आर्जु राणा देउवा र नेता शंशाक कोईराला पनि सिमरा आउनुभएको थियो । हेटौडाको कार्यक्रममा सहभागि हुन आउने क्रममा सिमरा बिमानस्थलमा पार्टी सभापति देउवासहितको टोलिलाई स्वागत गरिएको नेपाली काग्रेसका जीतपुरसिमरा उपमहानगर कमिटि सभापति श्यामबाबु गुप्ताले जानकारी दिनुभयो ।
देउवासहितको टोलिलाई स्वागत गर्न बारा, पर्सा, रौतहट र मकवानपुरका नेता कार्यकर्ता सिमरा बिमानस्थल पुगेका थिए ।
























