तेस्रो बारा महोत्सव २०७६ : तयारी अन्तिम चरणमा

ए वान डेस्क
१२ मंसिर २०७६, बिहीबार १४:४८

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा हुने तेस्रो बारा महोत्सव २०७६ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आयोजक एस फाउण्डेशन अफ नेपालका अध्यक्ष बेद प्र. भट्टले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

बिभिन्न उप–समितिमार्फत महोत्सवको तयारी तिब्र भईरहेकोभन्दै उहाले भब्य रुपमा महोत्सवको उद्घाटन गरिने बताउनुभयो । यही मंसिर १९ देखि २९ गतेसम्म औराहको वडा कार्यालय अगाडी हुने महोत्सवबारे अध्यक्ष भट्टले भन्नुभयो ‘तयारी धमाधम भईरहेको छ, हामी छिट्टै पत्रकार सम्मेलन गरेर यसबारे बिस्तृत जानकारी गराउनेछौ’ ।

महोत्सवलाई सफल बनाउन आयोजक संस्थाका अध्यक्षको संयोजकत्वमा मुल आयोजक समारोह समिति गठन गरिएको छ । महोत्सवमा एक सयभन्दा बढि स्टल रहनेछ भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती देखाउनेछन् । कृषि, पर्यटन र औद्योगिक व्यापारलाई मुख्य प्राथमिक्ता दिईएको यस महोत्सवमा स्थानीय कला, सस्कृतीको पनि प्रवद्र्धन गरिने अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

१९ गते : राष्ट्रिय साथै स्थानीय कलाकार
२० गते : ज्योति मगर, साथमा स्थानीय कलाकार
२१ गते : भुमिका गिरि, साथमा स्थानीय कलाकार
२२ गते : दुर्गेस थापा, साथमा स्थानीय कलाकार
२३ गते : प्रमोद खरेल, साथमा स्थानीय कलाकार
२४ गते : मेलिना राई, साथमा स्थानीय कलाकार
२५ गते : प्रकाश सपुत, साथमा स्थानीय कलाकार
२६ गते : बिन्दु परियार, साथमा स्थानीय कलाकार
२७ गते : मिस्टर डि., साथमा स्थानीय कलाकार
२८ गते : बद्रि पंगेनी, साथमा स्थानीय कलाकार
२९ गते : कमला घिमिरे, साथमा स्थानीय कलाकार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*