गायक विकास पाण्डेले ल्याए ‘शिव दाईको चिलिम’ (भिडियोसहित)

ए वान डेस्क /
गायक तथा संगितकार विकास पाण्डेको ‘शिव दाईको चिलिम’ सार्वजनिक भएको छ । महान पर्व शिवरात्रीको पुर्व संध्यामा पाण्डेको ‘शिव दाईको चिलिम’ सार्वजनिक भएको हो । कपुरबोट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘शिव दाईको चिलिम’ मा स्वयं पाण्डेलेको नै शब्द, संगित र स्वर रहेको छ । सो गितको एरेन्ज चर्चित एरेन्जर सुमन तामाङ्गले गरेका छन् ।
भिडियो बि.एस मेकरले तयार गरेको हो । भिडियो निर्देशन सावन र छायांकन विकास गुरुङ्गले गरेका हुन् । भिडियोमा नृत्य चर्चित डान्सर विशाल श्रेष्ठ, अमित ठाकुर, संगित लामा लगायतले गरेका छन् ।
को हुन् विकास पाण्डे ?
गायक पाण्डेको सांगितिक यात्रा २०६९ शालबाट शुरु भयो । हुन सक्छ ‘क्यान बि’ एल्बमबाट आफ्नो सांगितिक यात्रा शुरु गरेका पाण्डेले अहिलेसम्म दर्जनौ गितमा स्वर दिईसकेका छन् । बारालाई कर्मथलो बनाएर बिगत लामो समयदेखि सांगितिक क्षेत्र होमिएका चितवनका पाण्डेको झिम भिमm, झिमकाई परेली, ए सरकार, ए सरकार २ लगायतका थुपै गित चर्चित छन् ।
सञ्चार क्षेत्रमा समेत आबद्ध पाण्डेले संगित भरेका कयौ गित अहिलेपनि हिट छन् ।
यस्तो छ उनको अहिलेको गित
https://www.youtube.com/watch?v=F_sYgZJ6xeg