दोलखाको चरिकोटमा महोत्सव हुने, यस्तो छ ‘स्टल फर्म’

ए वान डेस्क
९ फाल्गुन २०७६, शुक्रबार १९:०६

ए वान डेस्क /

दोलखाको चरिकोटमा महोत्सव हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा चरिकोटमा महोत्सव हुन लागेको हो ।

बिगत लामो समयदेखि देशका बिभिन्न जिल्ला मेला महोत्सव गर्दै आएको द लिड ईन्टरटेण्टमेन्ट एण्ड एडभरटाईजिङ्गसंगको सहकार्यमा हुन लागेको महोत्सव यही फागुन २१ देखि शुरु हुदैछ । फागुन ३० गतेसम्म चल्ने महोत्सवलाई सफल बनाउन दोलखा उद्योग वाणिज्य संघले तयारी तिब्र पारेको छ ।

महोत्सव सञ्चालन गर्ने बिषयमा द लिड र उद्योग वाणिज्य संघबिच केहिदिन अघि सहमति भएको थियो । महोत्सवमा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने द लिडका अध्यक्ष बिमल खड्गीले जानकारी दिनुभयो ।

यस्तो छ द लिडले निकालेको स्टल फर्म ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*