जीतपुरसिमराका युवा समाजसेवी कपिल खरेलले ल्याए ‘माया’ (भिडियोसहित)

बाराको जितपुरसिमरा उपमहानगरपालीकाका युवा समाजसेवी कपिल खरेलले आफ्नो पहिलो म्युजिक भिडियो ‘माया’ सार्वजनिक गरेका छन् ।
उनले युवा पुस्ताका लागी केन्द्रित गरेर बजारमा ल्याएको यो म्युजिक भिडियोले बिशेषगरी युवा पुस्तामा पछिल्लो समय देखिएको लागुपदार्थ दुव्र्यवसनीले समाजमा देखिएको बिकृतीलाई दर्शाउन खोजिएको बताए । उनले यो पहिलो अभ्यासबाट सफलता पाए आगामी दिनमा संगीत क्षेत्रमा सकृय रुपमा लागी पर्ने बताए ।
‘माया’ नामक म्युजिक भिडियोमा युवा पुस्ताको माया र प्रेमलाई र्याप शैलीमा देखाउन खोजिएको छ । भिडियोमा सिमराका स्थानिय कलाकार आकृती न्यौपाने र रमन राईको अभिनय देख्न सकिन्छ भने प्रेम कार्कीको निर्देशनमा अंकित तामाङ्गले आवाज दिएका छन् । र्यापमा टिआरको आवाज छ ।
द टिमको प्रोडक्सनमा तयार पारिएको सो म्युजिक भिडियो एसएमसी स्टुडियो सिमराबाटै रेकडिङ्ग निर्माण गरिएको हो । यसलाई हाइलाइट्स नेपाल नामक युटुब च्यानलले सार्वजनिक गरेको छ ।