‘अमलेखगञ्ज पर्यटन महोत्सव’ को सम्पुर्ण तयारी पुरा

ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ मा हुन लागेको अमलेखगञ्ज पर्यटन महोत्सव २०७७ को तयारी सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ को कार्यालयले दिएको जानकारी अनुसार २ दिने महोत्सव सम्पुर्ण तयारी पुरा भएको हो ।
वडा अध्यक्ष कृष्ण ठकुरीका अनुसार अमलेखगञ्जको हात्तिसार पिक्निक पार्कमा भोलि र पर्सि हुन लागेको पर्यटन महोत्सवको सम्पुर्ण तयारी पुरा भएको हो । ‘हाम्रो सम्पुर्ण तयारी पुरा भईसकेको छ, २ दिन हामी भब्य रुपमा महोत्सव सम्पन्न गर्नेछौ’ वडा अध्यक्ष ठकुरीले भन्नुभयो ।
२ दिने महोत्सवको भोलि बिहान ११ बजे एक कार्यक्रमकाबिच उद्घाटन गर्ने कार्यक्रम छ । प्रदेश नम्बर २ कै प्रमुख पर्यटकीय गन्तब्य अमलेखगञ्जमा पहिलो पटक महोत्सव हुन लागेको हो ।
महोत्सवमा राष्ट्रिय स्तरका चचित गायक कमल के. क्षेत्री, निशान भट्राई, देवेन्द्र कार्की, विकाश पाण्डे, भोजपुरी गायक प्रमोद जख्मीले आफ्नो प्रस्तुती देखाउने कार्यक्रम छ । साथमा अण्डर ग्राउण्ड डान्स स्टुडियो चितवनले पनि आफ्नो प्रस्तुती देखाउने कार्यतालिका रहेको अध्यक्ष ठकुरीले बताउनुभयो ।
महोत्सवमा मनोरञ्जनात्मक बाल उद्यान, मुखै रसाउने खानाका बिभिन्न परिकारहरु, पर्यटकीय क्षेत्रको फोटो प्रर्दशनीको साथमा अमलेखगञ्जको प्रर्वद्धनात्मक भिडियो बिमोचन कार्यक्रम समेत गरिने कार्यक्रम छ ।
स्थानीय कलाकारहरुको मौलिक नृत्य समेत रहने महोत्सवमा बारे जानकारी दिदै वडा अध्यक्ष ठकुरीले भन्नुभयो ‘पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले हामीले महोत्सव आयोजना गरेका हौ, यसले हात्तिसार क्षेत्रको प्रचार प्रसारमा अझ मद्धत पुग्नेछ’ ।