आजदेखि कटारी त्रिवेणी महोत्सव २०७७ शुरु

ए वान डेस्क
१ माघ २०७७, बिहीबार १७:४०

ए वान डेस्क /

उदयपुरको कटारीमा आजदेखि कटारी त्रिवेणी महोत्सव २०७७ शुरु भएको छ । त्रिवेणी स्पोर्ट्स क्लबको आयोजनामा कटारी नगरपालिका वडा नम्बर २ खोस्सामा आजदेखि त्रिवेणी महोत्सव शुरु भएको हो ।

महोत्सवको आज एक कार्यक्रमकाबिच उद्घाटन गरिएको थियो । आजदेखि शुरु भएको महोत्सव माघ १५ गतेसम्म चल्नेछ । द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ प्रा.लिले महोत्सवको सम्पुर्ण व्यवस्थापन गरेको छ ।

द लिडसंगको सहकार्यमा शुरु भएको महोत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुती, मनोरञ्जनात्मक बाल उद्यान, मुखै रसाउने खानाका बिभिन्न स्टलहरु साथै अन्य बिशेष प्रस्तुती देख्न सकिने द लिडका अध्यक्ष बिमल खड्गीले ए वान समाचारलाई जानकारी दिनुभयो ।

द लिड यसअघि सिरहाको मिर्चैयामा मिर्चैया महोत्सव आयोजना गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*