दुधौरा महोत्सव २०७७ मा आज आउदैछन् यी कलाकार

ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ स्थित दुधौरा खोलामा जारी दुधौरा महोत्सव २०७७ मा आज पनि राष्ट्रिय स्तरका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने भएका छन् । महोत्सवको दोस्रो दिन आईतबार नेपालका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउन लागेका हुन् ।
महोत्सवमा आज चर्चित गायिका रचना रिमाल, चर्चित गायक रमेश श्रेष्ठ मेलोडि, गायक अरुण पौडेल, गायक सुशिल पौडेल, गायक ईश्वर पुडाशैनी लगायत चर्चित डान्सरहरुले आफ्नो प्रस्तुती देखाउने कार्यक्रम छ । हिजोदेखि शुरु भएको महोत्सव फागुण ११ गतेसम्म चल्नेछ ।
द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ प्रा.लि विरगञ्जको आयोजना तथा प्रदेश मिडिया प्रा.लि सिमराको सह आयोजनामा महोत्सव शुरु भएको हो ।