समाजसेवी राजन चौधरीले अपांग संघ बारालाई गरे सहयोग

ए वान डेस्क
९ फाल्गुन २०७७, आईतवार १०:२७

ए वान डेस्क /

समाजसेवी राजन चौधरीले नेपाल अपांग सेवा संघ बारा शाखालाई नगद १० हजार रुपैया सहयोग गर्नुभएको छ । दुधौरा महोत्सव २०७७ मा आयोजित एक कार्यक्रममा बिच समाजसेवी चौधरीले अपांग सेवा संघ बारालाई नगद १० हजार रुपैया सहयोग गर्नुभएको हो ।

सहयोग बापतको नगद रकम अपांग सेवा संघ बारा शाखाका अध्यक्ष धन प्रसाद बजगाईले लिनुभएको थियो । सामाजिक क्षेत्रमा सक्रिय चौधरीले बिभिन्न क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । सहयोग रकम प्रदान गर्दै चौधरीले आगामी दिनमा पनि सामाजिक कार्यमा आफु सक्रिय रहने बताउनुभयो ।

अपांग सेवा संघ बाराका अध्यक्ष बजगाईले चौधरीलाई धन्यवाद् व्यक्त गर्नुभएको थियो । सो कार्यक्रम बरिष्ठ समाजसेवी काशिम मियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा नम्बर १४ का वडा अध्यक्ष रामशरण बर्तौला, वडा नम्बर ४ का वडा अध्यक्ष ईश्वर के.सी, वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरी, समाजसेवी राजन उप्रेती, नेकपाका नेता अर्जुन शर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं अतिथिहरुलाई आयोजक द लिडका उपाध्यक्ष सत्यराज घिमिरेले खादा लगाएर स्वागत गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*