अमलेखगञ्जमा २० गतेदेखि ‘रमाईलो मेला’ हुने, जाने हैन हेर्न ?

ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा अमलेखगञ्ज रमाईलो मेला २०७७ हुने भएको छ । द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ विरगञ्जको आयोजनामा अमलेखगञ्जमा रमाईलो मेला हुन लागेको हो ।
निर्माणाधिन झोलुंगे पुलसंगै रहेको खेल मैदानमा यही फागुन २० गतेदेखि हुने रमाईलो मेला चैत्र १ गतेसम्म चल्नेछ । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बिशेष प्रस्तुती देख्न सकिने आयोजक संस्थाका अध्यक्ष बिमल खड्गीले जानकारी दिनुभयो ।
यसका साथै जिप र हात्तिहार्फत जंगल सफारी, ५० भन्दा बढि व्यापारिक स्टल, मनोरञ्जनात्मक बाल उद्यानको पनि व्यवस्था रहेको अध्यक्ष खड्गीले बताउनुभयो । प्रदेश मिडिया प्रा.लि सिमराको सह आयोजनामा मेला हुन लागेको हो ।