सकियो ११ दिने ‘अमलेखगञ्ज रमाईलो मेला २०७७’

ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ मा आयोजित अमलेखगञ्ज रमाईलो मेला २०७७ सम्पन्न भएको छ । द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ विरगञ्जको आयोजनामा भएको रमाईलो मेला हिजो सम्पन्न भएको हो ।
चैत्र २० गतेदेखि शुरु भएको रमाईलो मेला ११ दिनसम्म चलेको थियो । मेला २० भन्दा बढि दर्शकले अवलोकन गरेको आयोजक द लिडका अध्यक्ष बिमल खड्गीले ए वान समाचारलाई जानकारी दिनुभयो ।
प्रदेश मिडिया प्रा.लि सिमराको सह आयोजनामा सम्पन्न भएको रमाईलो मेलामा झन्डै १०० वटा व्यापारिक स्टल राखिएको थियो । रमाईलो मेलामा दैनिक जसो राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती देखाएका थिए ।
रमाईलो मेलामा मनोरञ्जनात्मक बाल उद्यानका साथै दर्जन भन्दा बढि बिभिन्न खानाका स्टल राखिएको थियो । मेलाको समापनपछि ए वान समाचारसंग बोल्दै आयोजक द लिडका अध्यक्ष बिमल खड्गीले सबैको साथ र सहयोगले रमाईलो मेला भब्य र सभ्य रुपमा सम्पन्न भएको बताउनुभयो ।
‘सबैको साथ र सहयोग हामीले पाएका थियौ, त्यसकारण नै आज मेला राम्रोसंग सम्पन्न भयो’ अध्यक्ष खड्गीले भन्नुभयो ।