ठोरी कृषि तथा सास्कृतीक महोत्सवमा निशुल्क स्वास्थ्य शिविर

ए वान डेस्क /
ठोरी गाउपालिका वडा नम्बर ४ आठघरेमा हुन गईरहेको ठोरी कृषि तथा सास्ृकतीक महोत्सव २०७७ मा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । चौतारी कृषि सहकारी संस्था लि. ठोरी ४ पर्साको आयोजनामा हुन लागेको महोत्सवमा स्वास्थ्य शिविर हुन लागेको हो ।
बिशेषज्ञ डाक्टरहरुको उपस्थितिमा हुन लागेको स्वास्थ्य शिविरमा बिभिन्न रोगको चेकजाच गरिने आयोजक कमिटिका अध्यक्ष निमा लामाले ए वान समाचारलाई जानकारी दिनुभयो । ‘स्वास्थ्य शिविरमा हामी सुगर, प्रेसर आदी रोगको चेकजाच गर्नेछौ, त्यसकारण यो शिविरबाट स्वास्थ्य लाभ उठाउन हामी सबैलाई अनुरोध गर्दछौ’ अध्यक्ष लामाले भन्नुभयो ।
द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ विरगञ्ज र मिलन साउण्ड सर्भिस सिमराको सह आयोजनामा हुन लागेको महोत्सव यही चैत्र १२ गतेदेखि शुरु हुदैछ । प्रदेश मिडिया प्रा.लि सिमराको ईभेन्ट व्यवस्थापनमाा हुन लागेको महोत्सव चैत्र २२ गतेसम्म चल्नेछ ।
महोत्सवमा प्रत्यक दिन टिकट दर मात्र ५० रुपैया लाग्ने आयोजकले जनाएको छ ।