ठोरी कृषि तथा सास्कृतीक महोत्सव आजदेखि

ए वान डेस्क /
ठोरी गाउपालिका वडा नम्बर ४ मा हुन लागेको ठोरी कृषि तथा सास्कृतीक महोत्सव २०७७ आजदेखि शुरु हुदैछ । महोत्सवको आज एक कार्यक्रमकाबिच ठोरी गाउपालिकाका प्रमुख पदमलाल श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम छ ।
चौतारी कृषि सहकारी संस्था लि. ठोरी ४ पर्साको आयोजनामा वडा नम्बर ४ स्थित आठघरेमा हुन लागेको महोत्सव चैत्र २२ गतेसम्म चल्नेछ । द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ विरगञ्ज र मिलन साउण्ड सर्भिस सिमराको सह आयोजनामा हुन लागेको महोत्सवमा चर्चित कलाकारहरुले प्रस्तुती देखाउने कार्यक्रम छ ।
महोत्सवमा नेपालका चर्चित गायक शिव परियार, चर्चित गायिका मेलिना राई, चर्चित गायिका ईन्दिरा जोसी, र्यापर मिस्टर डि, गायिका रचना रिमाल, गायिका समिक्षा अधिकारी, गायिका अस्मिता अधिकारी, गायक रमेशराज भट्राई लगायतले आफ्नो प्रस्तुती देखाउने कार्यक्रम छ । साथमा चर्चित अण्डरग्राउण्ड डान्स स्टुडियो चितवनले पनि आफ्नो बिशेष प्रस्तुती देखाउने कार्यक्रम रहेको सह आयोजक द लिडका अध्यक्ष बिमल खड्गीले जानकारी दिनुभयो ।
महोत्सवमा ५० भन्दा बढि स्टल रहने आयोजकले जनाएको छ । आयोजक समितिका अध्यक्ष निमा लामाका अनुसार महोत्सवमा मनोरञ्नात्मक बाल उद्यानका साथै मुखै रसाउने खानाका बिभिन्न स्टलहरु रहनेछ ।