आठघरे महोत्सवमा आज गायक प्रताप दास आउने

ए वान डेस्क /
ठोरी गाउपालिका वडा नम्बर ४ आठघरेमा भईरहेको ठोरी कृषि तथा सास्कृतीक महोत्सव २०७७ मा आज चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउदैछन् । चौतारी कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा भएको महोत्सवको दोस्रो दिन आज चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने भएका हुन् ।
महोत्सवमा आज चर्चित गायक प्रताप दासले प्रस्तुती देखाउने कार्यक्रम छ । सह आयोजक द लिडका अध्यक्ष बिमल खड्गीका अनुसार महोत्सवमा आज गायक रमेश श्रेष्ठ मेलोडी, गायक प्रकाश तितुङ, गायिका बिमला थिङ, गायक सनि सुनार, गायक ईश्वर पुडाशैनीसहित अण्डर ग्राउण्ड डान्स स्टुडियो चितवनको बिशेष प्रस्तुती रहनेछ ।
महोत्सवमा कार्यक्रम सञ्चारकर्मी सनम सुवालले सञ्चालन गर्ने कार्यक्रम छ ।