आठघरे महोत्सवमा आज १४ गते शनिवार रचना रिमाल आउने

ए वान डेस्क /
ठोरी गाउपालिका वडा नम्बर ४ आठघरेमा भईरहेको ठोरी कृषि तथा सास्कृतीक महोत्सव २०७७ मा आज पनि चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउदैछन् । चौतारी कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा भएको महोत्सवको तेस्रो दिन आज पनि चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने भएका हुन् ।
महोत्सवमा आज १४ गते शनिवार चर्चित गायिका रचना रिमालले प्रस्तुती देखाउने कार्यक्रम छ । सह आयोजक द लिडका अध्यक्ष बिमल खड्गीका अनुसार महोत्सवमा आज गायक रमेश श्रेष्ठ मेलोडी, गायक सुशिल पौडेल, गायक अरुण पौडेल, गायक सनि सुनार, र्यापर भुपे सहित अण्डर ग्राउण्ड डान्स स्टुडियो चितवनको बिशेष प्रस्तुती रहनेछ ।
महोत्सवमा कार्यक्रम सञ्चारकर्मी सनम सुवालले सञ्चालन गर्ने कार्यक्रम छ ।