डुमरवानामा खुल्यो ‘चियर्स लञ्ज एण्ड बार’

ए वान डेस्क
३१ चैत्र २०७७, मंगलवार १४:२०

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा चियर्स लञ्ज एण्ड बार सञ्चालनमा आएको छ । युवा व्यवसायी मंगल सिंह तामाङ र रमेश रेग्मीको लगानीमा वडा नम्बर १५ स्थित डुमरवानामा चियर्स लञ्ज एण्ड बार सञ्चालनमा आएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाभित्रकै सुविधा सम्पन्न लञ्ज एण्ड बारमा म्युजिकल शोलाई बिशेष प्राथमिक्ता दिईएको छ । पारिवारिक वातावरणमा रमाउन सकिने गरी सञ्चालन गरिएको लञ्ज एण्ड बारमा मुखै रसाउन बिभिन्न परिकारहरु पाईने सञ्चालक मंगल सिंह तामाङले ए वान समाचारलाई जानकारी दिनुभयो ।

‘हाम्रो लञ्ज एण्ड बार पारिवारिक वातावरणयुक्त छ, सबै किशिमका मानिसहरुले यहा आएर मनोरञ्जन लिन सक्नुहुनेछ’ उहाले भन्नुभयो । ३० लाख भन्दा बढिको लगानीमा खोलिएको लञ्ज एण्ड बारमा नेपाली टिपिकल खाना, खाजा नास्ताका साथै स्वदेशी तथा बिदेशी बिभिन्न परिकार पाईने सञ्चालक रमेश रेग्मीले जानकारी दिनुभयो ।

‘खाने कुरामा हामीले कुनै कमप्रमाईज गरेका छैनौ, यहा आएर सबै किशिमको स्वाद लिन सकिन्छ’ उहाले भन्नुभयो । लामा समेदेखि सामाजिक क्षेत्रमा सक्रिय मंगल सिंह तामाङ र रमेश रेग्मीले डुमरवानामै पहिलो पटक व्यवस्थित लञ्ज एण्ड बार सञ्चालन गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*