नेपाल समूहका यी २० जना सांसदले दिन सक्छन् राजीनामा (सूचीसहित)
सर्वोच्च अदालतको फैसला अनुसार एमाले पूर्ववत अवस्थामा नफर्किए सामूहिक राजीनामा दिने तयारी माधव नेपाल समूहले गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी निर्णय गर्दै पार्टी विभाजन तर्फ धलेकेको आरोप लगाउँदै आएको नेपाल समूहले आफ्ना सांसदहरुलाई सामूहिक राजीनामा गराउने तयारी गरेको हो ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुसँगको छलफल पनि नेपाल समूह राजीनामा दिने मुडमा पुगेको हो ।
विपक्षी गठबन्धनसँगको छलफल पछि २० जना सांसदहरुले राजीनामा दिने तयारी गरेको बुझिएको छ । तर उनीहरूले कहिले राजीनामा बुझाउने भन्ने ठ्याक्कै टुंगो भने भइसकेको छैन ।
राजबहादुर बुढा र गोकर्ण बिष्टले भने राजीनामा दिने नदिने विवषयमा टुगो लागेको छैन् । यसअघि यी दुई जना बोहक अरु २० सांसदलाई अध्यक्ष ओलीले स्पष्टीकरण सोधेका थिए ।
यी हुन सांसदहरु
झलनाथ खनाल
माधवकुमार नेपाल
योगेश भट्टराई
जयकुमार राई
भवानी खापुङ
यज्ञराज सुनुवार
गणेश पहाडी
पवित्रा निरौला खरेल
जीवनराम श्रेष्ठ
नारायण खतिवडा
विरोध खतिवडा
सुरेन्द्र पाण्डे
घनश्याम भुसाल
गोकर्ण विष्ट
मेटमणी चौधरी
हिराचन्द्र केसी
दिपकप्रकाश भट्ट
राजवहादुर बुढा
झपट रावल
भीम रावल
कृष्णलाल महर्जन
सोमप्रसाद पाण्डे























