एमाले विभाजनतिर, केही दिनमै नयाँ पार्टी घोषणा हुने दावी

ए वान डेस्क
११ जेष्ठ २०७८, मंगलवार ०६:४९

एमाले औपचारिक रुपमै विभाजनतिर उन्मुख भएको छ । सोमबार एमाले वरिष्ठ नेता माधव कुमार नेपालसहितका नेताहरु काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्न गएका थिए ।

उता त्यही बेला एमालेको स्थायी समिति बैठकले नेपाल र झलनाथ खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्यो । यी घटनासँगै एमालेमा विभाजनको रेखा कोरिएको हो । ‘अब औपचारिक घोषणा मात्रै हुन बाँकी छ, एमाले विभाजन भइसक्यो’, एमालेका एक नेताले भने, ‘केही दिनमै नयाँ पार्टी गठन हुनेछ ।’ नागरिक दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*