माधव नेपाल समूहको केन्द्रीय कमिटी बस्दै, यी हुन् आजका मुख्य एजेन्डा

ए वान डेस्क
२० श्रावण २०७८, बुधबार १०:०६

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सघाउँदै आएको एमाले वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक बस्न लागेको हो।

नेपाल समूहले सरकारमा जाने कि नजाने भन्ने स्पष्ट रोडम्याप नदिँदा अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। आजको बैठक यही विषयमा केन्द्रित हुने बताइएको छ। यता सत्ता गठबन्धनलाई सघाउन गठन बनेको कार्यदलको बैठक पनि बालुवाटारमा बस्दैछ। नेपाल पक्षको सरकारमा सहभागिताबारे अन्तिम निर्णय नआएकाले कार्यदलले सरकार सञ्चालन सम्बन्धी न्युनतम साझा कार्यक्रमसमेत टुंगो लगाउन सकेको छैन। सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले न्युनतम साझा कार्यक्रम टुंगो लागेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय सोमवार गरेको थियो।

पार्टी विवादबारे पनि छलफल हुने

केन्द्रीय कमिटी बैठकमा पार्टी विवादबारे पनि छलफल हुने बताइएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले एकताका लागि नेपाल पक्षलाई बेला बेला आह्वान गरे पनि सोमवारको स्थायी कमिटिमा गठन गरेका विभागमा नेपाल पक्षलाई समेटेनन्।

सोमवार एमालेको स्थायी कमिटीको बैठकले विभिन्न ९ विभाग गठन गरेको थियो। वरिष्ठ नेता नेपाल पक्ष अनुपस्थित बैठकमा अध्यक्ष ओलीले विभिन्न विभाग गठनको निर्णय गरेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*