सिमरामा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न

ए वान डेस्क
४ भाद्र २०७८, शुक्रबार १७:४९

ए वान डेस्क /

बाराको सिमरामा नेकपा एमालेको नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । एमाले जीतपुरसिमरा उपमहानगर कमिटिको आयोजनामा नगरस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो ।

भेलामा पुर्व मन्त्री शेर बहादुर तमाङ प्रमुख अतिथि हुनुहुन्थ्यो । भेलालाई सम्बोधन गर्दै तामाङले एक जुट भएर पार्टीमा लाग्न आग्रह गर्नुभयो । सरकारले एमाले फुटाउनकै लागी अध्यादेश ल्याएको भन्दै उहाले यसको चौतर्फी रुपमा बिरोध गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य अच्युत मैनाली, बलबिर प्र. चौधरी, जिल्ला कमिटी सचिव महममद समीर, सासंद त्रिलोकी प्र. चौधरी, परिषद सदस्य केवल प्र. चौधरी, जिल्ला सुकुम्बाीस आयोगका अध्यक्ष अम्बिका चौलागाई, कोल्हवी नगरपालिकाका नगर प्रमुद भरत भण्डारी, जीतपुरसिमरा उपमहानगरपालिकाकी उप मेयर सरस्वती चौधरी, जिल्ला कमिटि सदस्य तारा कार्की, यूवा संघका केन्द्रिय सचिव मोबिन आलम, केन्द्रीय सदस्य हिरा बस्नेत, अनेरास्ववियु केन्द्रीय सदस्य त्रिलोक शाह, अनेमसंघकी केन्द्रीय सदस्य कमला घिमिरे, जिल्ला सचिव रेणु रिमाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन बरूण गौतमले गर्नुभएको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाकी उप प्रमुख सरस्वती देवी चौधरीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम भोला प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*