जीतपुरसिमरा : वडा नम्बर ४ का चारै जना सदस्यले रोजे समाजवादी
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ का चार जना वडा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् । नेकपा एमालेबाट विजयी चार जना वडा सदस्यले आज निर्वाचन कार्यालय बारा पुगेर एकीकृत समाजवादीमा रहेको सनाखत गरेका हुन् ।
सनाखत गर्ने सदस्यहरुमा अमिताब चौधरी, शेष नसिम हुसेन, पुण्यवती कडेल, लालपरीदेवी राम हुन् ।























