एमाले विभाजनका मुख्य योजनाकार माधवकुमार नेपाल रहेको ओलीको ठहर
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनको मुख्य योजनाकार माधवकुमार नेपाल भएको बताएका छन् ।
उनले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘विभाजनका मुख्य योजनाकार माधवकुमार नेपाल नवौं राष्ट्रिय महाधिवेशनदेखि नै पार्टीका नीति र नेतृत्वविरुद्ध अन्त्यहीन गुटबन्दी, किचलोर असहयोगमा सङ्लग्न थिए ।’
उनले २०७३ सालमा पनि एमाले नेतृत्वको सरकारलाई विस्थापित गर्ने योजनाकारका रुपमा नेपाल भएको बताएका छन् ।























