जीतपुरसिमरा : गठबन्धनको बैठक बिना निश्कर्ष टुंग्यिो, के के भयो छलफल ?
ए वान डेस्क /
उम्मेद्धवारको टुंगो लगाउन बाराको सिमरामा आज बसेको उप–महानगर स्तरीय ५ दलिय गठबन्धनको बैठक बिना निश्कर्ष टुंगिएको छ । केन्द्रको निर्णय अनुसार उपमहानगरपालिकाको नेतृत्व चयन गर्न बसेको गठबन्धनको बैठक बिना निश्कर्ष टुंगिएको हो ।
५ दलिय गठबन्धनको बैठक हिजो पनि बसेको थियो । बैठकमा नेपाली काग्रेस र माओवादी केन्द्रले मेयर पद आफुले पाउनुपर्ने भन्दै आफ्नो दाबी प्रस्तुत गरेका थिए । काग्रेस र माओवादीको आ–आफ्नै अडानका कारण आजको बैठक पनि बिना निश्कर्ष टुंगिएको स्रोतले बताएको छ । नेपाली काग्रेसले यसअघि नै केन्द्रिय गठबन्धनको निर्णय नमान्ने निर्णय गरिसकेको छ ।
जीतपुरसिमरामा काग्रेस सक्षम रहेको भन्दै एक्लै चुनाव लड्ने काग्रेसको तयारी छ । माओवादी केन्द्रले पनि आफुले नेतृत्व पाए मात्र गठबन्धन गर्ने बताएको छ । मेयर पद आफ्नो पार्टीले पाएमा मात्र गठबन्धन गर्ने भन्दै माओवादी केन्द्र आफु तालमेलको पक्षमा रहेको बताएको छ ।
बैठकमा के के भयो छलफल ?
स्रोतका अनुसार बैठकमा नेपाली काग्रेसका नेताहरुले मेयर पद आफुहरुलाई दिन प्रस्ताव राखेका थिए । तर बैठकमा सहभागि माओवादी केन्द्रका एक नेताले जीतपुरसिमरामा आफुहरुको उपस्थिति बलियो रहेको भन्दै मेयर पद दिन नसकिने बताए । बैठकमा नेकपा एमालेबाट अलगिएको नेकपा एकिकृत समाजवादीले भने उप–मेयरको प्रस्ताव गरेको बुझिएको छ ।
स्रोतका अनुसार समाजवादीका एक नेताले गठबन्धन अनुरुप आफ्नो पार्टीले उप–मेयर पाउनुपर्ने प्रस्ताव राखेका थिए । बैठकमा काग्रेस र माओवादीले मेयर पदका लागी आ–आफ्नो अडान राखेपछि बिना निश्कर्ष टुंगिएको बैठकमा सहभागि एक नेताले बताए ।
वडाको बिषयमा के भयो कुरा ?
५ दलिय गठबन्धनले जीतपुरसिमरा उपमहानगरपालिकाको २४ वटै वडाको तालमेल बारे पनि छलफल गरेका थिए । वडाको भागबण्डाको बिषयमा छलफल भएपनि निर्णय भने हुन नसकेको नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बरालले बताउनुभयो ।
मयर र उप मेयरको बिषयमा ठोस निर्णय नआएपनि वडाको बिषयमा छलफल जारी राख्ने सहमती भएको उहाले बताउनुभयो । नेकपा एकिकृत समाजवादीका नेता पुर्णचन्द्र तिमल्सिनाले बैठब बिना निश्कर्ष टुंगिएको बताउनुभयो । ‘आजको बैठकले खासै उपलब्धीमुलक निर्णय गरेन्, फेरी छलफल गरेर निचोड निकाल्ने कुरा छ’ उहाले भन्नुभयो ।
बैठकमा को को थिए ?
नेपाली काग्रेसबाट : छविलाल शर्मा, सुमन भट्राई, राधादेवी शाह
नेकपा माओवादी केन्द्रबाट : जयराम दहाल, हरि चौलागाई लालकिरण, प्रेम बराल
जसपाबाट : भरत खड्का, सोहन शर्मा
नेकपा एकिकृत समाजवादीबाट : सुन्दर बिश्वकर्मा, कृष्ण खनाल, पुर्णचन्द्र तिमल्सिना
जनमोर्चाबाट : धमानन्द पाध्याय























