एमालेले जीतपुरसिमरा २ मा श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाउने

ए वान डेस्क
५ बैशाख २०७९, सोमबार २०:३४

नेकपा एमालेले जीतपुरसिमरा उपमहानगरपालिका वडा नंं २ को वडाध्यक्ष पदमा धनबहादुर श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । वडा कमिटी सोमबार बसेको बैठकले श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत् निर्णय गरेको हो ।

श्रेष्ठ २०७४ सालको निर्वाचनबाट निर्वाचित वडासदस्य हुन् । वडा सदस्यमा निर्वाचित श्रेष्ठ भएपछि उनले वडाभित्र गर्दै आएको सामाजिक सेवा र कार्यशैलीको वडास्तरमा प्रशंसा हुने गरेको छ । वडा कमिटीले सर्वसम्मत् सिफारिस गर्ने भएपछि श्रेष्ठ अध्यक्षको उम्मेदवार बन्ने निश्चित भएको छ ।

श्रेष्ठसंगै अध्यक्षका लागि दावी गर्दै आएका उद्धव गौतम खुल्ला सदस्यका लागि सर्वसम्मत् सिफारिस भएका छन् । अघिल्लो स्थानिय निर्वाचनमा एमालेले टिकट नदिएपछि वडाध्यक्षको स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडेका गौतम केही मतले पराजित भएका थिए ।

एमालेका पुराना नेताको रुपमा परिचित गौतमलाई समेटदै पाँचै जना उम्मेदवार सर्वसम्मत चयन गर्न सफल भएको वडा कमिटी अध्यक्ष रविन्द्र खकुरेलले बताए ।

यसैगरी वडा कमिटीले अर्का खुल्ला सदस्य पदमा विशाल घिमिरे, महिला सदस्यमा मिरा ढकाल र दलित महिला सदस्यमा लक्ष्मी विकको नाम सर्वसम्मत् सिफारिस गर्ने निर्णय गरेको छ ।

जीतपुरसिमरा २ मा एमालेबाट सर्वसम्मत् भएका उम्मेदवारः
वडाध्यक्षः धनबहादुर श्रेष्ठ (डिबि)
खुल्ला सदस्यः उद्धव गौतम
खुल्ला सदस्यः विशाल घिमिरे
महिला सदस्यः मिरा ढकाल
दलित महिला सदस्यः लक्ष्मी विक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*