जीतपुरसिमरामा ‘सत्ता गठबन्धन’ बाट राजन पौडेल मेयरको बलियो दाबेदार
स्थानीय तह निर्वाचनको मिति आउन अब २४ दिन मात्रै बाकी छ । मिति नजिकिदै जादा जीतपुरसिमरा उपहानगरपालिकामा चुनावी सरगर्मी पनि बढ्दै गएको छ । यतिबेला सबैमा उपमहानगरपालिकाको नेतृत्व अब कसले गर्ला भन्ने चासो छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित सत्तारुढ गठबन्धनमा जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रले पाउने सहमति भइसकेको छ । सत्ता गठबन्धनले जीतपुरसिमराको मेयर माओवादी केन्द्रलाई र उप–मेयर नेपाली काग्रेसलाई दिने सहमती गरिसकेको छ ।
पौडेल बलियो दाबेदार
५ दलिय गठबन्धनको सहमतीपछि जीतपुरसिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट राजन पौडेल बलियो दाबेदारको रुपमा प्रस्तुत भएका छन् । माओवादी केन्द्रबाट अन्यको नाम चर्चामा आएपनि अधिकासं नेता तथा कार्यकर्ताले पौडेल नै बलियो र प्रभावशाली दाबेदार भएको बताउदै आएका छन् ।
नेकपा माओवादी केन्द्रका नेताहरुका अनुसार मेयरको उम्मेदवारमा राजन पौडेलको सम्भावना बढी छ । ‘हामीले उम्मेद्धवारको बिषयमा धेरै पटक छलफल गरिसकेका छौ, तर सम्भावना राजन पौडेलकै देखिन्छ’ नेकपा माओवादी केन्द्रका एक नेताले भने । माओवादी केन्द्रभित्रको प्रभावशाली नेताको रुपमा पहिचान बनाएका पौडेल माओवादी केन्द्रबाट उम्मेदवार बन्ने बढी सम्भावना बोकेका नेता हुन् ।
नेताहरुको एउटै स्वर : राजन पौडेल नै चाहिन्छ
केहिदिन अघि बसेको नेकपा माओवादी केन्द्रको जीतपुरसिमरा नगर कमिटिको बैठकमा पनि अधिकासंले राजन पौडेललाई नै उम्मेद्धवार बनाउनुपर्ने धारणा राखेका थिए । जीतपुरसिमराको राजनीति बुझ्नेहरु मेयर निर्वाचित हुन कांग्रेस मतदाताको विश्वास जित्ने र एमालेको भोट काट्न सक्नुपर्ने बताउछन् ।
यसका लागि समन्वयकारी भूमिकामा पौडेल उपयुक्त हुन सक्ने नेताहरु बताउछन् । ०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पराजित हुनुभएका पौडेलको जनसम्बन्ध राम्रो भएकाले पार्टीको भोट समेत बढाउन मेयरको उम्मेदवार बनाउनुपर्ने धेरैले बताईरहेका छन् ।
अरु क–कसको नाम छ चर्चामा ?
माओवादी केन्द्रबाट मेयरको उम्मेद्धवारमा पौडेलसंगै जयराम दाहाल र अनिल श्रेष्ठको नाम पनि चर्चामा छ । तर माओवादी केन्द्रका नेताहरुले नै दाहाल र श्रेष्ठलाई उम्मेद्धवार बनाउदा गठबन्धन धरापमा पर्न सक्ने आकंलन गरिरहेका छन् । ‘दुवै जना जना मध्य एक जनालाई उम्मेद्धवार बनाईयो भने गठबन्धन धरापमा पर्न सक्छ, हामीले देखेको बलियो उम्मेद्धवार राजन पौडेल नै हो’ नाम नखुलाउने सर्तमा एक नेताले ए वान समाचारसंग भने ।
पौडेलबाहेक माओवादी केन्द्रबाट संविधान सभाका सदस्य जयराम दहाल र माओवादी केन्द्र बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठको नाम पनि चर्चामा छ । दाहाल २०६४ सालको संविधान सभाको निर्वाचनमा निर्वाचित सभासद हुन् । यसैगरी श्रेष्ठ २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा संविधान सभा सदस्य पदका उम्मेदवार हुन् । उक्त निर्वाचनमा उनि पराजित भएका थिए ।
अघिल्लो निर्वाचनको प्रत्याशी भएका कारण पौडेलले यसपटक पनि बलियो उम्मेदवारको रुपमा आफूलाई उभ्याउदै आएका छन् ।























