जीतपुरसिमरा : एमालेले टुंगो लगायो मेयर, उप–मेयरको उम्मेद्धवार
ए वान डेस्क /
नेकपा एमालेले जीतपुरसिमरा उपमहानगरपालिकाको उम्मेद्धवारको टुंगो लगाएको छ । स्रोतका अनुसार एमालेले मेयरमा सरस्वती देवी चौधरी र उप मेयरमा भोला अधिकारीको टुंगो लगाएको हो ।
चौधरी २०७४ सालको निर्वाचनमा उप–मेयरमा निर्वाचित हुनुभएको छ । मेयरमा चौधरीको नाम सिफारिस भएपछि उहाले हिजो राजिनामा दिनुभएको थियो । उप–मेयरको उम्मेद्धवार बन्नुभएका अधिकारी नेकपा एमाले जीतपुरसिमरा नगर कमिटिको अध्यक्ष हुनुहुन्छ ।
अधिकारी २०७४ सालको निर्वाचनमा वडा नम्बर २ को वडा सदस्यमा पराजित हुनुभएको थियो ।























