कांग्रेसले टुंगायो बाराका उम्मेदवार (सूचिसहित)

ए वान डेस्क
१२ बैशाख २०७९, सोमबार ११:५३

नेपाली कांग्रेसले बाराको दुई उपमहानगरपालिकासहित १६ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । केन्द्रीय गठबन्धनले लगाएको भागबण्डाअनुसार आफ्नो भागमा परेको तहमा कांग्रेसले उम्मेदवारको टुंगो लगाएको हो ।

तालमेल हुन नसकेको तहको उपप्रमुख र उपाध्यक्ष पदमा भने उम्मेदवार टुंगो लगाउन बाँकी छ । कांग्रेसले कलैया उपमहानगरपालिकाको प्रमुखमा राजेश राय यादवलाई दोहोर्‍याउने भएको छ । नेपाली कांग्रेस बाराका सभापति समेत रहेका यादवलाई कांग्रेसले उम्मेदवार बनाएको हो । यादव २०७४ सालको निर्वाचनमा प्रमुख पदमा निर्वाचित भएका थिए ।

कांग्रेसले जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुखमा मेघा शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । केन्द्रीय गठबन्धन अनुसार भागबण्डामा परेको उपप्रमुख पदमा कांग्रेसले शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । शाही नेपाली कांग्रेसकी नेतृ एवम् संविधान सभाका सदस्य मधु शाहीको छोरी हुन् ।

यि हुन् बाराको १६ वटा स्थानीय तहमा कांग्रेसले टुंगो लगाएको उम्मेदवारः
कलैया उपमहानगरपालिकाः राजेश राय यादव (प्रमुख)
जीतपुरसिमरा उपमहानगरपालिकाः मेघा शाही (उपप्रमुख)
निजगढ नगरपालिकाः सुरेशकुमार खनाल (प्रमुख)
कोल्हवी नगरपालिकाः रामप्रसाद चौधरी (प्रमुख)
पचरौता नगरपालिकाः मणीभुषण यादव (प्रमुख)
महागढीमाई नगरपालिकाः उपेन्द्र यादव (प्रमुख)
स्रिमौनगढ नगरपालिकाः बिजय शंकर यादव (प्रमुख)
फेटा गाँउपालिकाः रुस्तम अन्सारी (अध्यक्ष)
आदर्श कोतवाल गाँउपालिकाः जवाहर साह (अध्यक्ष)
प्रसौनी गाँउपालिकाः सुनिल गुप्ता (अध्यक्ष)
सुवर्ण गाँउपालिकाः राजेश यादव (अध्यक्ष)
करैयामाई गाँउपालिकाः भुनेश्वर धामी (अध्यक्ष)
विश्रामपुर गाँउपालिकाः अमिरिलाल पाल (अध्यक्ष)
देवताल गाँउपालिकाः हरि लाल दास (अध्यक्ष)
परवानीपुर गाँउपालिकाः लालबाबु यादव (अध्यक्ष)
बारागढी गाँउपालिकाः देवदत बछाड (अध्यक्ष)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*