जीतपुरसिमरा १ : एमालेबाट हिरा बस्नेत बने वडा अध्यक्षको उम्मेद्धवार
ए वान डेस्क /
नेकपा एमालेले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को वडाध्यक्ष पदमा हिरा बस्नेतलाई उम्मेदवार बनाउने भएको छ । वडा कमिटीबाट सिफारिस भएका चार मध्ये पूर्व जिल्ला कमिटी सदस्य रहेका बस्नेतलाई एमालेले उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बस्नेत अघिल्लो स्थानिय तहको निर्वाचनमा पनि एमालेबाट उम्मेदवार भएका थिए । वडाध्यक्ष पदका लागि बस्नेतसहित सुभद्रा न्यौपाने, गौरव नेपाल र गणेश शाह ठकुरी सिफारिस भएको थियो ।
वडाध्यक्ष पदबाहेक अन्य चार सदस्य भने यसअघि नै सर्वसम्मत् भईसकेका छन् । वडा नं. १ को सदस्य पदमा ईश्वर थपलिया, नारायण लामा, महिला सदस्यमा लक्ष्मी आचार्य र दलित महिला सदस्य उम्मेदवार भएका हुन्।























