जीतपुरसिमराः गठबन्धनबाट पौडेल र शाहीले गरे मनोनयन दर्ता

ए वान डेस्क
१२ बैशाख २०७९, सोमबार १९:२७

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखमा गठबन्धनका तर्फबाट राजन पौडेल र उपप्रमुखमा मेघा शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेल र शाहीले उम्मेदवारी दर्ता गराएका हुन् । केन्द्रीय गठबन्धनले गरेको निर्णयअनुसार नेकपा माओवादी केन्द्रले प्रमुख र नेपाली कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिएको हो ।

प्रमुख पदका उम्मेदवा पौडेलको प्रस्तावकमा जयराम दाहाल र समर्थकमा कृष्णव्रत सिंह रहेका छन् । शाहीको प्रस्तावकमा राजेन्द्र कुमार शाही र समर्थकमा हिराज कार्कीले हस्ताक्षर गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*