राप्रपा : जीतपुरसिमरामा सुस्मा ‘कान्छि उप–मेयर’ उम्मेदवार

ए वान डेस्क
१२ बैशाख २०७९, सोमबार २१:२६

ए वान डेस्क /

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकामा सुस्मा मिश्रले उप–मेयरको उम्मेदवारी दिनुभएको छ । उपमहानगरपालिकाको निर्वाचन कार्यालय पुगेर मिश्रले ‘कान्छि उप–मेयर’ को रुपमा उम्मेदवारी दिनुभएको हो ।

२४ बर्षकी मिश्र राप्रपाको केन्द्रिय सदस्य हुनुहुन्छ । कानुनको बिद्यार्थी समेत रहनुभएकी मिश्र राप्रपाको कान्छि केन्द्रिय सदस्य हुनुहुन्छ । मेयरमा भने माधव त्रिपाठीले उम्मेदवारी दिनुभएको छ ।

त्रिपाठी राप्रपा जीतपुरसिमरा नगर कमिटिको अध्यक्ष हुनुहुन्छ । राप्रपाले जीतपुरसिमरा उपमहानगरपालिकाको १६ वटा वडामा उम्मेदवार टुंगो लगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*