एमाले : जितपुरसिमरा २ मा घरदैलो

ए वान डेस्क
२० बैशाख २०७९, मंगलवार १७:३३

स्थानीय तह निर्वाचनको मिति नजिकिएसंगै नेकपा एमाले जितपुरसिमरा वडा नं २ ले आफ्नो घरदैलो अभियानलाई तीव्र रूपमा सन्चालन गरिरहेको छ । बैशाख ३० गते हुने निर्वाचनमा धेरै भन्दा धेरै मत ल्याउन वडाका प्रत्येक घरघरमा पुग्ने उद्देश्यले घरदैलो अभियानलाई तीव्र पारिएको वडा नं २ का वडा कमिटी अध्यक्ष रबिन्द्र खकुरेलले जानकारी दिनुभयो ।

बैशाख १७ गते बाट सुरूभएको घरदैलो अभियान अन्तर्गत रेल्वे लाईन, मुसर्नीमाई, कृष्णमन्दिर, शान्तिनगर, हरियाली, प्रभात, फुलवारी, छठिमाई र जानकी टोलमा घरदैलो अभियान सम्पन्न भईसकेको खकुरेलले जानकारी दिनुभयो । घरदैलो अभियान मार्फत प्रत्येक वडा बासिको घरदैलोमै पुगेर मत माग्दा वडामा रहेका समस्या र मतदाताको आवश्यकता बुझ्न अझ सजिलो भएको वडा अध्यक्षका उमेदवार धन बहादुर श्रेष्ठले बताउनुभयो ।

२०७४ मा वडा नं २ को वडा सदस्यमा निर्वाचित भएर आफुले सकेको वडा बासिको सेवा गरेका कारण मतदाताको सकारात्मक प्रतिक्रिया पाएको र यसबाट आफू जित्नेमा ढुक्क रहेको समेत श्रेष्ठले बताउनुभयो । घरदैलो अभियानमा वडा अध्यक्ष उमेदवार श्रेष्ठ सहित,वडा सदस्यहरू उद्धव प्रसाद गौतम ,बिशाल प्रसाद घिमिरे, मिरा देवी ढकाल, लक्ष्मी बिश्वकर्मा लगायत वडा कमिटी ,पार्टि सदस्य,शुभचिन्तक, स्थानीयको सहभागीता रहेको छ ।

कुल ५१५२ मतदाता रहेको वडा नं २ मा एमाले सहित,काङ्ग्रेस,माओवादी,लोसपा, र राप्रपाले उमेदवारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*