साझा गठबन्धनका नेताहरुको एउटै स्वर : राजन र मेघा निर्विकल्प

ए वान डेस्क
२२ बैशाख २०७९, बिहीबार १४:२८

ए वान डेस्क /

साझा गठबन्धनका नेताहरुले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनको उम्मेदवार अत्याधिक मतले विजयी हुने बताएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ मा आयोजित साझा गठबन्धनको बृहत कोणसभामा बोल्दै नेताहरुले अत्याधिक मतले विजयी हुने बताए ।

कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सह–महामन्त्री फरमुल्लाह मंसुरले कुनै पनि हालतमा गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो । विकासा र समृद्धीको निम्ति पनि गठबन्धन जीतपुरसिमरामा आउन आवश्यक रहेको भन्दै उहाले भ्रष्टाचार मुक्त उपमहानगर बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काग्रेसका नगर सभापति छविलाल शर्माले गठबन्धनको जित निश्चित रहेको बताउनुभयो । नेकपा माओवादी केन्द्रका नेता हरि चौलागाईले साझा गठबन्धनले सबैको भलो गर्ने भन्दै जिताउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काग्रेसका नेता कृष्णब्रत सिंहले साझा गठबन्धनका उम्मेदवार सवोत्तम उम्मेदवार रहेको भन्दै गठबन्धनको चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल, काग्रेस नेता ओमकृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*