राजन र मेघाले जिते मात्रै जीतपुरसिमरा बन्छ : कृष्णब्रत सिंह
ए वान डेस्क /
नेपाली काग्रेसका जीतपुरसिमराका प्रभावशाली नेता कुनै पनि हालतमा जीतपुरसिमरामा साझा गठबन्धनलाई विजयी गराउनुपर्ने बताउनुभएको । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ मा आज आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताउनुभएको हो ।
अघिल्लो स्थानीय तह निर्वाचनको प्रत्याशी समेत रहेका सिंहले राजन पौडेल र मेघा शाही विजयी भए मात्र जीतपुरसिमरा समृद्ध हुने बताउनुभयो । एमाले नेतृत्वको जीतपुरसिमरा भ्रष्टाचारमा लिप्त रहेको भन्दै उहाले सुशासन कायम हुन नसकेको बताउनुभयो ।
‘यसअघिका नेतृत्वकर्ताको काम हामीले देख्यौ, कति भ्रष्टाचारमा लिप्त छ भनेर’ उहाले थप्नुभयो ‘अब गठबन्धनको नेतृत्व आउछ त्यसपछि हेर्नुस्, के के काम हुन्छ, कस्तो काम हुन्छ’ । सिंहले साझा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकाहरुलाई अत्याधिक मतले विजयी गराउन आग्रह गर्नुभयो ।
गठबन्धनको तर्फबाट सार्वजनिक भएको प्रतिवद्धता पत्र अक्षरस कार्यान्वयन गर्न ५ दलिय गठबन्धन प्रतिवद्ध रहेको बताउनुभयो । गठबन्धनका उम्मेदवार विजयी भए जनता केन्द्रित बजेट बन्ने भन्दै उहाले यसमा कुनै आशंका नगर्न आग्रह गर्नुभयो । ‘हामी निर्वाचित भएपछि हाम्रा जनप्रतिनिधिले जनता केन्द्रित कार्यक्रम ल्याउछन्, यसमा कुनै शंका छैन’ उहाले भन्नुभयो ।























