जीतपुरसिमरा : एमालेसहित ४० जना माओवादी केन्द्रमा प्रवेश
ए वान डेस्क /
नेकपा एमालेसहित बिभिन्न पार्टी परित्याग गरी ४० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी ४० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई साझा गठबन्धनको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखका उम्मेदवार राजन पौडेल र उप–प्रमुखकी उम्मेदवार मेघा शाहीले टिका लगाएर स्वागत गर्नुभएको थियो । वडा अध्यक्षका उमेदवार भरत भण्डारी लगाएतको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो ।
यसरी माओवादी केन्द्र प्रवेश गर्नेहरुमा छठ्ठु पटेल, गिर्मा देवि चौधरी, साधना देवि चौधरी, सान्झा देवि चौधरी, विमा देवि चौधरी, लालवती देवि चौधरी, चादनी चौधरी, राजकुमारी देवि चौधरी, अमृता गुरो, लगायत रहेका छन् ।























