‘जीतपुरसिमरा अब बिरामी हुदैन, हामीसंग त्यसको दबाई छ’
ए वान डेस्क /
५ दलिय साझा गठबन्धनका नेताहरुले जीतपुरसिमरा उपमहानगरपालिकामा साझा गठबन्धन जित नजिक रहेको बताएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ मा संयुक्त घरदैलो कार्यक्रमपछि आयोजित कोणसभामा बोल्दै गठबन्धनका नेताहरुले जनताको भावना अनुसार उपमहानगर अघि बढ्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाली काग्रेसका सह–महामन्त्री फरमुल्लाह मंसुरले एमाले नेतृत्वको उपमहानगरपालिका भ्रष्टाचार मात्र सिमित रहेको आरोप लगाउनुभयो । ‘हालको नेतृत्वले केहि काम गर्न नसकेको तपाई हामीले प्रष्टसंग देखेका छौ, उपमहानगरपालिका अहिले बिरामी अवस्थामा छ’ उहाले थप्नुभयो ‘जीतपुरसिमरा अब बिरामी हुदैन, हामीसंग त्यसको दबाई छ’ ।
कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादीका पोलिटब्युरो सदस्य दिनेश राईले साझा गठबन्धनको जित नै जनताको जित हुने बताउनुभयो । प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले जीतपुरसिमरा कोमामा पुगेको बताउनुभयो । साझा गठबन्धनको जित निश्चित भईसकेको भन्दै घोषणा मात्र हुन बाकी रहेको बताउनुभयो ।
कार्यक्रममा ५ दलिय गठबन्धनको तर्फबाट वडा नम्बर ४ का वडा अध्यक्षका उम्मेदवारहरुको उपस्थिति रहेको थियो । नेकपा एकिकृत समाजवादीको तर्फबाट वडा अध्यक्षका उम्मेदवार पुर्णचन्द्र तिमल्सिनाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष दिपक सिम्खडाले गर्नुभएको थियो ।























