जीतपुरसिमरा १५ : माओवादी केन्द्रको बिशाल घरदैलो

ए वान डेस्क
२४ बैशाख २०७९, शनिबार ११:१३

ए वान डेक /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा नेकपा माओवादी केन्द्रले विशाल घरदैलोको आयोजना गरेको छ । निर्वाचनको मिति नजिकिदै जादा घरदैलो प्रभावकारी बनाउदै गएको माओवादी केन्द्रले आज विशाल घरदैलोको आयोजना गरेको हो ।

वडा अध्यक्षका उम्मेदवार रामप्रसाद लामिछानेसहित वडा सदस्याकका उम्मेदवारहरुको उपस्थितिमा माओवादी केन्द्रले आज बृहत घरदैलो गरेको हो । सुन्दरबस्तीबाट शुरु भएको घरदैलो सुकलैया, नयाबस्ती, चौधरी टोल हुदै पुनः सुन्दरबस्तीमा आएर घरदैलो सम्पन्न भएको थियो ।

घरदैलो कार्यक्रममा झण्डै एघार सयको संख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । घरदैलो कार्यक्रममा साझा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार राजन पौडेल र उप–प्रमुखकी उम्मेदवार मेघा शाहीको पनि उपस्थिति रहेको थियो । घरदैलोपछि बोल्दै वडा अध्यक्षका उम्मेदवार रामप्रसाद लामिछानेले वडा नम्बर १५ मा आफ्नो जित निश्चित रहेको बताउनुभयो ।

वडा नम्बर १५ मा माओवादी केन्द्रको उपस्थिति निकै बलियो रहेको भन्दै उहाले जनताको पक्षमा आफुहरु रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*