अमलेखगञ्जमा ‘साझा गठबन्धन’ को संयुक्त घरदैलो

ए वान डेस्क
२४ बैशाख २०७९, शनिबार १८:३६

ए वान डेस्क /

नेकपा एकिकृत समाजवादीका पोलिटब्युरो सदस्य दिनेश राईले जीतपुरसिमराको विकास र समृद्धीको निम्ति साझा गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा साझा गठबन्धनले आयोजना गरेको घरदैलोपछि आयोजित कोणसभामा बोल्दै पोलिटब्युरो सदस्य राईले कुनैपनि हालतमा गठबन्धनलाई विजयी गराउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुखका उम्मेदवार राजन पौडेलले भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्र्नुनै आफुहरुको पहिलो काम भएको बताउनुभयो । सकुम्बासी समस्या समाधान गर्न जीतपुरसिमरा उपमहानगर तयार रहेको भन्दै उहाले गठबन्धनलाई अत्याधिक मतले विजयी गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै उप–प्रमुखकी उम्मेदवार मेघा शाहीले जनताको आवश्यक्ता नै गठबन्धन भएको बताउनुभयो । एमलो नेतृत्वको जीतपुरसिमराको कामबाट नगरवासी सन्तुष्ट नभएको भन्दै उहाले उपमहानगर भ्रष्टाचारमा मात्र लिप्त भएको आरोप लगाउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य मधु शाही, नेकपा एकिकृत समाजवादीका नेता सुन्दर बिश्वकर्मा, नेतृ सिता गुरुङ, वडा अध्यक्षका उम्मेदवारहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मिन प्रसाद आपागाईले गर्नुभएको थियो ।

यसैबिच, साझा गठबन्धनका उम्मेदवारहरुले वडा नम्बर २२ मा पनि आज घरदैलो गरेका छन् । वडा नम्बर २२ मा पनि साझा गठबन्धनका उम्मेदवारहरुको उपस्थितिमा संयुक्त घरदैलो गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*