जीतपुरसिमरामा भोलि प्रचण्ड आउने

ए वान डेस्क
२६ बैशाख २०७९, सोमबार ०८:३०

ए वान डेस्क /

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचड भोलि बारा आउनुहुने भएको छ । ५ दलिय गठबन्धनको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा हुन गईरहेको आमसभालाई सम्बोधन गर्न प्रचण्ड भोलि बारा आउन लाग्नुभएको हो ।

जीतपुरमा हुने आमसभा भोलि दिउसो १२ बजेदेखि शुरु हुने नेकपा माओवादी केन्द्रका नगर कमिटि अध्यक्ष प्रेम बरालले जानकारी दिनुभयो । साझा गठबन्धनका उम्मेदवारहरुको पक्षमा माहोल बनाउन प्रचण्ड भोलि जीतपुर आउन लाग्नुभएको बरालले जानकारी दिनुभयो ।

बरालले आमभसामा उपस्थिति हुन सबैलाई आग्रह समेत गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*