मलाई बिश्वास छ मैले नै चुनाव जित्छु : राजन पौडेल
पृष्ठभुमी :
राजन पौडेलको जन्म २०३७ साल चैत्र १० गते धादिंगमा भयो । २०४४ सालमा सिमरा आउनुभएका पौडेलले २०५२ सालमा एसएलसी दिनुभयो । पौडेल कक्षा ९ देखि अनेरास्ववियुको राजनितिमा प्रवेश गर्नुभयो । क्रमशः अध्यनको शिलशिलामा २०५५ सालमा पौडेल काठमाण्डौ जानुभयो । पौडेल २०५७ सालदेखि पुर्णकालिन कार्यकर्ताको रुपमा राजनितिमा होमिनुभयो । राजनितिक यात्राकै दौरानै पौडेल १३ महिना नख्खु जेल पनि बस्नुभयो । बिद्यार्थी राजनितिबाट पार्टी राजनितिमा केन्द्रित हुनुभएका पौडेलले पटक पटक प्रहरीको यातना भाग्नुभयो । २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा पौडेल क्षेत्र नम्बर ६ को ईन्चार्ज हुनुभयो । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट मेयरको उम्मेदवार बन्नुभएका पौडेल त्यतिबेला विजय हुन सक्नुभएन् । हाल पौडेल ५ दलीय साझा गठबन्धनको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) को उम्मेदवार बन्नुभएको छ ।
तपाई दोश्रो पटक पुनः मेयर पदको उम्मेदवार बन्नुभएको छ, गएको निर्वाचनको समीक्षा कसरी गर्नुहुन्छ ?
अघिल्लो स्थानीय तहको निर्वाचनमा मेरो धेरै राम्रो माहौल थियो । त्यतिबेला मतदानको दिनअघि केही गैर राजनीतिक कृयाकलापहरु भयो । निर्वाचन आचारसंहिता विरोधी कामहरु भए, जसले गर्दा परिणाम हामीले सोचेजस्तो भएन । हामी तेस्रो स्थानमा खुम्चिनु प¥यो । जनमतको सम्मान गर्ने राजनीतिक दल र त्यसको उम्मेदवार भएका कारण हामीले मत परिणामलाई स्वीकार ग¥याौ“ ।
अहिलेको चुनावमा चाहि के फरक पाउनुभएको छ ?
अहिले हामी व्यक्तिगत र सांगठनिक रुपमा अघि छौ । अर्को कुरा एमालेको फुटपछि झनै हामी बलियो भएका छौ“ । सिंगल सिंगल लड्दा पनि काग्रेस र माओवादीको भिडन्त हुने थियो । तर पनि साझा गठबन्धनको तर्फबाट अहिले म उम्मेदवार भएको छु । हाम्रो एजेण्डा बलियो छ । अघिल्ला जनप्रतिनिधिले आफ्ना ऐजेण्डा पुरा गर्न सकेका छैनन् । हल्ला बाडिएको थियो, सपना बाडिएको थियो । झुटा आश्वासन बाढेर जनतालाई भ्रममा पारिएको थियो । तर, यो ५ वर्षमा ती भ्रमबारे जनता स्पष्ट भइसकेका छन् । सबै कुरा नगरवासीलाई थाहा नै छ । हामी जनताको एजेण्डा लिएर यो निर्वाचनमा सहभागी भएका छौ“ । जनताका तमाम समस्याबारे हामी जानकार छौ“ र ती समस्या समाधान गर्न योजनावद्ध रुपमा समाधान गर्दै जाने छौ“ । यसपटक जनताले हिजो ढाट्नेहरुलाइृ चिनिसकेका छन् । हामी गठबन्धनको प्रतिवद्धता र कार्यान्वयनको बारेमा पनि जनता स्पष्ट छन् ।
एमाले नेतृत्वको उपमहानगरपालिका असफल भईरहदा त्यसमा माओवादीको भुमिका कस्तो रह्यो ? त्यसमा तपाईको ठुलो भुमिका छ भनिन्छ नि ?
यो कुरामा कुनै सत्यता छैन् । स्थानीय सरकार सञ्चालन ऐन नबुझेकाको कुरा हो । नगर र प्रमुखको पद नबुझेको हो । कार्यपालिकाको अधिकार नबुझेकोकुरा हो । त्यसो हैन्, आफुले काम गर्न नसकेपछि यो सबै आरोप लगाईयो । यो सबै कुरा बुझ्न नसकेको हो । नगरसभालाई पंगु बनाईयो । नगरसभा सञ्चालन गर्न सक्नुभएन्, जान्नुभएन्, प्रमुखले गर्नुपर्ने काम उप प्रमुखले गर्नुभयो । वडा अध्यक्ष आफै प्रमुख बन्न खोज्नुभयो । नगरसभालाई नेतृत्व प्रदान गर्न नसक्दा यो समस्या भएको हो ।
एमाले नेतृत्वको उपमहानगरपालिकाको ५ बर्षे समीक्षा कसरी गर्नुहुन्छ ?
पहिलो कुरा त घोषणा पत्र अनुसार उहाहरुले काम गर्न सक्नुभएन् । दोस्रो स्थानीय सरकार सञ्चालन ऐन अनुसार काम भएन्, अनुसुची ८ कार्यान्वयन भएन् । नगरसभाका सदस्यहरु कुनै प्रकारको भुमिकामा देखिएनन् । आवाज पुग्ने ठाउ भएन् । पहिले गाउ विकास समिति जस्तै हुन पुग्यो । क्लबको साधारणसभा जतिको पनि भएन । सुशासनको हिसाबले, कार्यपालिका सञ्चालनको हिसाबले पछि पर्यो । जनमुखी कार्यक्रम ल्याउने हिसाबले कामै भएन । समन्वय गर्ने हिसाबले, सहकार्य गर्ने हिसाबले बिभिन्न क्षेत्रसंग सहकार्य भएको देखिएन् । एमाले नेतृत्वको मेयर उपमेयरहरुको यस्तै गलत कामका कारणले गर्दा उपमहानगरपालिकाले विकास गर्न सकेन र यसको जग कमजोर हु“दै गयो ।
दोस्रो पटक तपाई निर्वाचनमा होमिदै गर्दा तपाईका एजेण्डा के के छन् ?
असफल्ताहरुलाई सफल्ताहरुमा बदल्नु नै हाम्रो मुख्य एजेण्डा हो । स्थानीय सरकार सञ्चालन ऐन अनुसार काम गरे मात्र पुग्छ । मानविय क्ष्ँेत्रमा लगानी गर्छौ । किशानको गोठ र खेतमा हामी पुग्छौ । मजदुर क्षेत्र, वातावरण मैत्री विकास गर्नको लागी मेरो उम्मेदवारी, मेरो एजेण्डा हो । बजारहरुलाई आधुनीक बजार विकास गर्नको लागी मेरो उम्मेदवार हो । हामीले गर्ने कामको प्रतिवद्धता पत्र समेत सार्वजनिक गरिसकेका छौ । हामी प्रशासन व्यवस्थापन, कर प्रणाली, पर्यटन तथा सस्कृती, नगर प्रहरी तथा सुरक्षा व्यवस्थापन, समाज कल्याण, युवा खेलकुद तथा रोजगार, सुचना प्रविधि, वन तथा पर्यावरण, कृषि प्रवद्र्धन, शिक्षा तथा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, खानेपानी तथा सरसफाई, बाटोघाटो तथा सडक सञ्चालन, औद्योगिक करिडोर व्यवस्थापन, गरिव तथा भुमिहिन व्यवस्थापन, सहकारी तथा संघ–संस्था व्यवस्थापन र महिला तथा बालबालिकाको क्षेत्रलाई बिशेष जोड दिन्छौ ।
यी प्रतिवद्धताहरु कति पुरा होलान् ? यो सपना मात्रै हुने हो कि ?
सपना त्यो सपना देख्ने हो, जुन सपनाले सुत्नै नदियोस् । सपना मेरो योजना हो । म नसुतिकन लागिरहन्छु कार्यान्वयन गर्न । म कुनै पनि काममा लागे भने डुबेर लाग्छु । यी सबै योजनालाई कार्यान्वयन गर्न म लाग्छु । सबै भन्दा ठुलो कुरा मैले आजसम्म त्याग गरेको छु । जसका कारण मैले यी सबै काम गर्न सक्छु ।
तपाई मेयर भएपछि तपाईको जिवन शैलीमा पनि परिवर्तन आउछ की भन्ने धेरै जिज्ञासा छ, तपाई पनि आर्थिक प्रलोभनमा लाग्नुहुन्छ की भन्ने छ ?
१५ रुपैयाको चिया खान नसक्ने बेलामा पनि मलाई १५ लाखको अफर आएको थियो । छोरा छोरीको फिस तिर्न नसक्दा पनि धेरै अफर आयो । तर धेरै ठाउमा मैले मेरो सोच परिवर्तन गरेको छु । सामाजिक हितको निम्ति मैले काम गर्छु । व्यक्तिगत भन्दा पनि सामाजिक हितमा म काम गर्छु । मेरो ठुलो महत्वकांक्षा छैन् । मेरो शेख केहि छैन । सामान्य जिवनयापन म बाच्छु । कार्यसम्पादनको त कुरै नगरौ । म सक्छु । म गरेर देखाउछु । धेरैले मलाई पत्याउदैनन्, तर मैले गर्दै आएको छु, गर्छु पनि । नगरसभा सदस्यलाई बिश्वास गरेर काम गर्नेछु । सबैको साथ र सहयोगले काम गर्नेछु । जीतपुरसिमरामा अब मेयर बजेट, उप मेयरको बजेट बन्दैन्, अब मात्र जनताको बजेट बन्छ । जसको सारसंक्षेप हाम्रो प्रतिवद्धतापत्रमा सार्वजनिक छ । यो हामी पा“चै दलको सामुहिक प्रतिवद्धता पनि हो । म हिजो आज र भोलि मेरो जीवनशैलीमा कुनै अस्वभाविक परिवर्तनहरु पउनुहुन्न म त्यसको ग्यारेन्टी गर्छु ।
एमालेको तर्फबाट मेयरका उम्मेदवार तपाईको सह–पाठी पनि हुनुहुन्छ उहालाई कत्तिको प्रतिस्पर्धी ठान्नुहुन्छ ? तपाई आफु निर्वाचित हुन्छु भन्नेमा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
मैले कसैलाई पनि प्रतिस्पर्धी सोचेको छैन् । सरस्वती जी त मेरो साथि हुनुहुन्छ । हामीले संगै एसएलसी दिएका हो । अहिले राजन पौडेललाई नै मेयर बनाउनुपर्छ भन्ने आवाज छ । त्यसकारण उहाहरुलाई कसैलाई पनि प्रतिस्पर्धी देख्दिन्, एजेण्डाको हिसाबले पनि देख्दिन । मलाई बिश्वास छ मैले नै चुनाव जित्छु भन्ने । मेरो एजेण्डाले नै मलाई जिताउछ । जनताले नै मलाई जिताउछन् । ५ दलीय गठबन्धनको नेतृत्वमा जीतपुरसिमरा उपमहानगरपालिकाका जनताले मलाई र उपमेयर मेघा शाहीलाई पनि जिताउ“छन् भन्नेमा म विस्वस्त छु ।























