मेयरका उम्मेदवार राजन पौडेलले गरे मतदान

ए वान डेस्क
३० बैशाख २०७९, शुक्रबार ०८:१८

ए वान डेस्क /

५ दलिय साझा गठबन्धनको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखको उम्मेदवार बन्नुभएका राजन पौडेलले मतदान गर्नुभएको छ । वडा नम्बर ३ स्थित बजनी बिद्यालयमा पुगेर मेयरका उम्मेदवार पौडेलले मतदान गर्नुभएको हो ।

मेयरका उम्मेदवार पौडेलले पहिलो मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीसंग कुरागर्दै मेयरका उम्मेदवार पौडेलले साझा गठबन्धन स्पष्ट बहुमतका साथ विजयी हुने बताउनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकामा साझा गठबन्धनको जित निश्चित रहेको भन्दै उहाले विवेक पुर्याएर मतदान गर्न आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*