जीतपुरसिमरा : ७०,०६४ मतदाता, ५२,९५८ मत खस्यो
ए वान डेस्क /
स्थानीय तह निर्वाचन अन्र्तगत जीतपुरसिमरा उपमहानगरपालिकामा आज भएको मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । सामान्य बिबादका बिच उपमहानगरमा आज भएको मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका सहायक निर्वाचन अधिकृत बालाराम खड्काका अनुसार मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो । कुल ७० हजार ६४ मतदाता रहेको जीतपुरसिमरा उपमहानगरपालिकामा आज ५२ हजार ९ सय ५८ मत खसेको थियो ।
मतदानको प्रतिशत हेर्ने हो भने उपमहानरपालिकामा ७५ प्रतिशत मत खसेको थियो ।























