जीतपुरसिमरा : सर्वदलिय बैठक शुरु, केहिबेरमा मतगणना हुने
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकाको मतदानको मतगणना गर्ने बिषयमा सर्वदलिय बैठक शुरु भएको छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि. सिमरामा केहिबेर अघिदेखि सर्वदलिय बैठक शुरु भएको हो ।
उपहानगरपालिकाका नगर प्रमुख र उप–प्रमुखका उम्मेदवारहरुको उपस्थितिमा निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा सर्वदलिय बैठक अहिले जारी छ ।
प्राप्त जानकारी अनुसार सर्वदलिय बैठकपछि मतगणना शुरु गरिने भएको छ । केहिबेर पछि मतगणना शुरु गर्ने गरी निर्वाचन अधिकृतको कार्यालयले सर्वदलिय बैठक गरिरहेको छ ।























