जीतपुरसिमरा अपडेट : मतगणना शुरु, २४ को मतगणना गरिदै

ए वान डेस्क
३१ बैशाख २०७९, शनिबार ०३:२५

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको मतगणना शुरु भएको छ । वडा नम्बर २ स्थित ने.रा.मा.बि सिमरामा केहिबेर अघिदेखि मतगणना शुरु भएको हो । अहिले वडा नम्बर २४ को मतगणना भईरहेको छ ।

वडा नम्बर २४ मा शुक्रबार भएको मतदानमा  १८१६ मत खसेको थियो । वडा नम्बर २४ मा क, ख र ग गरी ३ वटा मतदान केन्द्र ने.रा.मा.वि. हरपुरमा कायम गरिएको थियो ।

जस अनुरुप क मा ५५८, ख मा ६१६ र ग मा ६४२ मत खसेको थियो । वडा नम्बर २४ मा कुल २३४८ मतदाता छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*