जीतपुरसिमराको मतगणना स्थल : कडा सुरक्षासंगै सिसि क्यामेराको निगरानी

ए वान डेस्क
३१ बैशाख २०७९, शनिबार १३:२१

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको अहिले मतगणना जारी छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा अहिले वडा नम्बर २४ को मतगणना भईरहेको छ ।

मतगणना स्थललाई सुरक्षित बनाउनको लागी निर्वाचन अधिकृतको कार्यालयले सुरक्षा व्यवस्था कडा बनाएको छ । कडा सुरक्षाका बीच अहिले जीतपुरसिमरा उपमहानगरपालिकाको मतगणना सुरु जारी छ । यति बेला जीतपुरसिमराको मतगणनालाई चासोको रूपमा हेरिएको छ ।

गणना स्थलमा सुरक्षा व्यवस्था बाहेक सिसी क्यामरा पनि जडान गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखका लागी साझा गठबन्धनको तर्फबाट राजन पौडेल, नेकपा एमालेको तर्फबाट सरस्वती चौधरी, लोकतान्त्रि समाजवादी पार्टी लोसपाको तर्फबाट सञ्जय साह लगायत चुनावी मैदानमा हुनुहुन्छ ।

अहिले वडा नम्बर १, २ र २४ को मतगणना भईरहेको छ । केहिबेरमा वडा नम्बर २३ को पनि मतगणना शुरु गरिने सहायक निर्वाचन अधिकृत बालाराम खड्काले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*