जीतपुरसिमरा अपडेट : २४ पछि २२ को मतगणना शुरु गर्ने तयारी
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको मतगणना अहिले भईरहेको छ । वडा नम्बर १ स्थित ने.रा.मा.वि सिमरामा वडा नम्बर १, २, २३ र २४ को मतगणना भईरहेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार वडा नम्बर २४ को मतगणनापछि वडा नम्बर २२ को मतगणना गर्ने तयारी गरिएको छ ।
‘कोठा अहिले सबै भरिएको छ, केहिबेरमा २४ को नतिजा आउछ, त्यसपछि हामी वडा नम्बर २२ को शुरु गर्छौ’ सहायक निर्वाचन अधिकृत बालाराम खड्काले भन्नुभयो ।























