जीतपुरसिमरा १ अपडेट : काग्रेस १४७ मतले अघि
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको मतगणना अहिले भईरहेको छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा वडा नम्बर १, २, २३ र २४ को मतगणना भईरहेको छ ।
यो समाचार तयार पार्दासम्म वडा नम्बर १ मा साझा गठबन्धनको तर्फबाट नेपाली काग्रेसका वडा अध्यक्षका उम्मेदवार हिरा बहादुुर गुरुङले अग्रता लिनुभएको छ ।
गुरुङले ४४४ मत ल्याउदा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेदवार हिरा बस्नेतले २९७ मल ल्याउनुभएको छ ।























