जीतपुरसिमरा : २२ को मतगणना शुरु, ३ को शुरु गर्ने तयारी
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको मतगणना अहिले भईरहेको छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा अहिले कडा सुरक्षाकाबिच मतगणना भईरहेको हो ।
अहिले वडा नम्बर १, २ र २२ को मतगणना भईरहेको छ । वडा नम्बर २२ को मतगणना केहिबेर अघिदेखि शुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सहायक निर्वाचन अधिकृत बालाराम खड्काका अनुसार वडा नम्बर ३ को मतगणना शुरु गर्ने तयारी गरिदैछ ।























